दाङ,२९ चैत । महिला नाम एउटा ल मात्र देखिन्छ तर त्यहीँ नाम भित्र बिभिन्न तस्बिर देखिन्छन:
चुलोमा खाना पकाउदैगरेकि महिला, स्कुलमा बिद्यार्थी पडाउदै गरेकि महिला, अदालतमा बहसगर्दै गरेकि महिला, देशमा राष्ट्रपति भै देश चलाउदै गरेकि महिला ! अनि अन्याय मा परेर आफ्ना रहर खुसि र अधिकार गुमायकि महिला । सबैले दुख पायका त छैनन तर सबै स्वतन्त्रभयर बाच्नपायका पनि छैनन् !
अस्ति मेरो छिमेकि दाइको बिहेमा, धेरै रमाइलो गरियो ! तर आज बिहानै दाइ आउनु भयो र भन्नु भयो अंकल अदालत जाम न छोड्पत्र चाहियको छ ! म नजिकै गयर सुने धेरै दुख लाग्यो सुनेर बाबा छक पर्दै भन्नु भयो के भयो बाबु किन छोडपत्र चायको के भयो र ? दाइ ले कुरा खस्न न पाउदै भनु भयो (दाइजो) ! सुनेर बाबा केहि बोल्नु भयन ! म पनि त्यहाँ बाट गय! एउटा महिला जो बिहेपछि आफ्नो जन्म घर छोडेकि आएकी उस्ले चिनेको भनेको उस्को त्यहीँ आफ्नो श्रीमान मात्र हो । तर उहीँ बाट दाइजो खै भनेर सुन्दा त्यो भन्दा दु:खद पल कुन हुन्छ ?
हामि आफ्नो घर मात्र हेर्ने गर्छम, आफ्नो जिबन मात्र हेर्ने गर्छम तर हाम्रै आँखा आगडि आफ्ना रहर खुसि बेचेकि महिला लाइ देख्ने हेर्ने गर्दैनौं ! नारीहरुले घर मा मात्र होइन कतै पनि सुरक्षा पायका छैनन !
बिध्या पाउने ठाउँ भनेर सबैले मन्दिर मानेको स्कुल ! आजभोलि महिला त्यहाँ पनि सुरक्षित छैनन ! एउटाि कलिलो उमेरकि बालिका स्कुल गयर एउटा केटा साथि संग बोल्दै गर्दा सरले नजिक बोलायर भन्नु हुन्छ को हो त्यो तेरो ? किन यसरि बोलेकि ? केटि केहि नबोली सिर तल झुकाई कक्षा कोठामा गै ! साझ सम्म पनि मनमा शान्ति नभई दिउँसो को कुरा मनमा खेलाई रहन्छे ।
उ अर्को दिन मोबाइल हेर्दै थिई आफैलाइ पढाउने सर को sms आयो । सरले भन्नु भयो भोलि घुम्न जाम न ? उस्ले दिउँसोको कुरा सम्झिई म एउटा केटा साथि संग बोल्दा को हो भनेर सोध्ने मान्छे आज आफै घुम्न जाम भन्दै हुनुहुन्छ ? हुन त नजर राम्रो सरको पनि रहेनछ नि ? के अब हामि सर बाट पनि जोगिनु पर्ने होत ? के एउटा केटी केटा संग बोल्नै नपाउने होत ?
के महिलाको ठाउँ चुलो र घरमा मात्र सिमित होत ? के कतै पनि हाम्रो लागि सुरक्षा लेखियको छैन त ? के हामि सबै संग डरायरै बस्नु पर्ने होत ? यि सबै को जवाफ कसै संग छैन । आज छोरि घरमा बाबा, दाईहरु सङ पनि खुलेर बोल्न सक्दैन । आफ्नो बैनि लाई कसैले बोलाउदा पनि झर्किने दाई अरु कसैको बैनि लाइ किन दुर्ववहार गर्छन होला ! आफ्नो छोरिले एउटा काम गर्दा पनि थाक्ने तर बुहारि बिहान बाट साझ सम्म काम गर्दा नि किन बसेकै देख्छ यो समाजले ! आज भोलि अलि अलि परिवर्तन त आउन लागेको कुरा खुब सुनाइन्छ तर त्यहीँ भित्र झन झन महिला लाई हेर्ने दृष्टिकोण विकृतिमा भित्रीदै छ । महिल ले पढ्न त पाय तर स्वतन्त्रता कहिले पाउने ! जागिर त पाए तर शान्ति कहिले पाउने ?
अधिकार अधिकार सिमित कागजमा त लेखियो तर व्यवहारमा कहिले लागू हुन्छ ! एउटि महिला कलिलो उमेरमै मरि भने उस्को छोरा छोरि भन्दा उस्को श्रीमानको चिन्ता मान्दै यो समाजले भन्छ अब अर्को बिहेको सुर गर । तर त्यहीँ श्रीमान मरेका महिलालाई कोहि पुरुस संग बोलेको मात्र थाहा पाउदा यो समाजले कुन नजरले हेर्ने गर्छ कति सुन्नपर्छ एउटि बिधुवा महिला लाई थाहा हुन्छ ?
प्राकृतिक नियम अनुसार महिनावारि भयकि महिला आफ्नो भान्सा सम्म पनि जान पाउदैनन !
घरको सबै जिम्मेवारी हेरेकि एउटि महिला त्यहीँ घरमा आफ्नो कुरा राख्न अधिकार छैन ! छोराले पढ्ने त्यहीँ स्कुलमा छोरि लाइ किन पठाउनु हुदैन ? घरमा ५ ओटै छोरि हुदा पनि किन सन्तान्को कमि देखिन्छ ? छोरा जस्तै खुलेर बाटोमा छोरि किन हिंड्न सक्दैनन ? यि सबै कुराको जबाब खोज्नु हाम्रो कर्तव्य हो । सबैले आफ्नै तरिकाले बाच्न पाउन पर्छ ।सबै स्वतन्त्र हुन पाउनु पर्छ । यो एक्लो प्रयास ले केहि हुदैन म बाट सुरु गरेर हामि हुदै सबै सम्म पुर्याउन जरुरि छ ।
लेखक :- खिमा बस्नेत
ठेगाना :- बाफिकोट – २ जिपु रुकुम पश्चिम
हाल :- तुलसीपुर दाङ