
दाङ तुलसीपुरका स्वतन्त्र युवाहरुले आज दिउँसो ३ बजे बलात्कार विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् । तुलसीपुरको बिपि चोकमा हुने बिरोध प्रदर्शनमा सहभागीताका लागि युवाहरुले अपिल गरेका छन् ।
स्वतन्त्र युवा सन्दिप गौतमका अनुसार पछिल्लो समय तुलसीपुरमा घटिरहेका बलात्कारजन्य जघन्य अपराधका दोषीलाई कारवाही गर्न र तुलसीपुर दिनानुदिन असुरक्षित बन्दै गइरहेकाले प्रशासनलाई प्रभावकारी शान्ति सुरक्षाका लागि दबाब दिन बिरोध प्रदर्शन गर्न लागिएको वताएका छन् ।
तुलसीपुरमा केही समयअघि मात्रै ११ वर्षीय बालिका ,१४ वर्षीय बालिका र ७३ वर्षीय बृद्धामाथी बलात्कार भएका घटनाहरु सार्वजनिक भएका थिए ।
प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार