२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

दिनदारै व्यावसायिक माथी हातपात

दाङ, तुलसीपुर ५ बिरेन्द्र चोकमा रहेको मीन मोबाईल एण्ड फोटो स्टुडियोका संचालक मीन बहादुर वली माथि दिनदारै  हातपात भएको छ ।

गोपाल वली भनेर चिन्निने युवा सहित तीन जना युवाहरुको समुहले आफुलाई पसलमा बसिरहेको समयमा शुक्रबार दिउँसो २ बजे तिर आफ्नो पसलमै आइ हातपात गरेको उनले बताएका हुन् । 

 पसलमै आइ आफुमाथी अपक्षे शब्द प्रयोग गरि हातपात गर्दा पसलमा केहि  क्षति पुगेको र मोबाईल मर्मत गरि राखेको मोबाईलमा समेत क्षति पुगेको उनले बताएका हुन् ।

यस्तै अन्य व्यवसायीहरुले चौबीसै घण्टा सुरक्षाक्रमी हुने चोकमा यस्ता घटना घट्नुले आम व्यवसायी संगै सर्वसाधारण मानिसहरु माथी डरत्रासको सिर्जना निम्ताएको बताएका छन । व्यापारी माथिनै हातपात हुनु सम्पुर्ण व्यवसायी माथिको हनन् भएको भन्दै आगामी दिनमा यस्ता घटना नदोहोरीन र आम व्यवसायीहरुलाई शान्ति सुरक्षा प्रत्याभूति दिलाउने गरि तिनिहरुलाई कारबाही हुनुपर्ने बताएका हुन् ।

प्रकाशित मिति : २०८१ साउन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस