२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

रोल्पामा चट्याङ लागेर एकै घरका नन्द भाउजुको मृत्यु

रोल्पा, ११ असार । रोल्पामा मध्यराति परेको चट्याङ लागेर सुतिरहेका नन्द भाउजुको मृत्यु भएको छ । जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ३ भित्री गामकी २२ वर्षीया जाइता घर्ती मगर र १४ वर्षीया गोमाला घर्ती मगरको सुतिरहेको समयमा चट्याङले हान्दा मृत्यु भएको हो ।

मंगलबार बिहान १ बजेतिर उनीहरुलाई चट्याङले हानेको र घटनास्थलमै मृत्यु भएको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिए । डिएसपी लामाका अनुसार जाइताका श्रीमान बाग्लुङबाट घर आउन थालेको हुँदा घटना स्थल बाट अझैं शब उठाइएको छैन ।

उनी बाग्लुङमा मजदुरी गर्न गएको भन्ने खुलेको प्रहरीले बताएको छ । घरमा तीन जना मात्रै थिए । संगै रहेका जाइतका ६ बर्षीय छोरा भने सकुशल रहेको डिएसपी लामाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८१ असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस