२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

चिसो भगाउन चोक- चोकमा आगो बाल्ने अभियान सुरु

दाङ, १० माघ । तुलसीपुर वडा नम्बर ११ ले चिसोबाट बच्नका लागि चोक चोकमा आगो बाल्ने अभियान सुरु गरेको छ । केहि दिन यता चिसोको कारण जनजीवन कष्टकर बन्दै गएको हुदा घर बाहिर निस्कनै तथा काम विषेशले हिडडुल गर्नेहरुको लागि चोकहरुमा आगो बाल्ने कामको सुरुवात गरिएको छ । 

उरहरी चोक, जनबहार चोक , पुलिस चौकी, वडा कार्यालय , अमर मावि उरहरी लगायतका स्थानमा विहान र साझ आगो बाल्ने ब्यवस्था मिलाइएको छ । वडाध्यक्ष रावत आफु नै बबई नदि किनारमा बर्षायामको भेलले बगाएर ल्याएका काठका टुक्राहरु संकलन गरेर ल्याएका छन । नागरीकको सहजताको लागि आगो बाल्ने अभियानको सुरु गरिएको वडाध्यक्ष रावतले बताए । यसैगरी वडा भरी यो अभियान थाल्ने अध्यक्ष रावतले बताए।

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस