२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

नेकपा माओवादी केन्द्र राप्ती – १ को अध्यक्षमा घर्ती मगर चयन 

दाङ, १५ मंसिर । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा दिलमाया घर्ती मगर चयन भएका छन । शुक्रबार सम्पन्न वडाकाे तेस्रो सम्मेलनबाट घर्ती मगर अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन । 

त्यस्तै सम्मेलनले घर्तीकाे अध्यक्षतामा १५ सदस्य नयाँ वडा कमिटी चयन गरेको छ।

जसको उपाध्यक्षमा खगेश्वर गिरी, सचिवमा  मान बहादुर रोका, सह-सचिवमा  इराधा झाक्री मगर र कोषाध्यक्षमा गङ्गा गिरी चयन भएका छन । भने सदस्यहरुमा भिमप्रकाश रोका,हिम बहादुर मास्के,रेखा गुप्ता,दिपक सुनार,बेगम केएम ,इश्वरी गाहा मगर लगायत रहेका छन ।

नेकपा माओवादी केन्द्र राप्ती गाउँँपालिका वडा नम्बर १ का अध्यक्ष तपराज आचार्यको अध्यक्षता तथा पार्टीका लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष लुमाकान्त न्याैपाने “सागर”काे प्रमुख आतिथ्यता सम्पन्न भेलामा पार्टीका केन्द्रीय बैकल्पिक सदस्य हाेम प्रसाद शर्मा,प्रदेश सचिवालय सदस्य टाेप बहादुर कार्की ,प्रदेश कमिटी सदस्य श्यामेस चाैधरी,गाउँ कमिटी अध्यक्ष नारायण शर्मा,जन वर्गीय संगठनका पदाधिकारी लगायत वडाका पार्टी सदस्यहरुकाे उल्लेख सहभागीता रहेको थियो ।

मंसिर २८ गते गाउँ कमिटीको अधिवेशन तय गरेको पार्टीले साेही अधिवेशन तयारीकाे लागि वडाका सम्मेलन शुरु गरेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस