२०८३ बैशाख ११ गते शुक्रवार | 2026 April 24th Friday

पश्चिम दाङबाट ३० जना माओवादी केन्द्रमा प्रवेश 

दाङ, १९ मंसिर । पश्चिम दाङबाट मंगलबार ३० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शान्तिनगर १ बाट २०जना र बबई ३ बाट १० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।   

शान्तिनगरबाट काँग्रेस,एमालेलगायत पार्टी परित्याग गरि २० जना प्रवेश गरेका छन् ।  जसमा काँग्रेसका लोक बहादुर गिरी, एमालेबाट गोपाल परियार, ज्योति परियार, विरु तामाङ, सीता विक, विरु बस्नेत, मंगलसिंह कनाउ, शान्ता बस्याल, प्रिमी वली, बबी आले, अतिराम गिरी, नरबहादुर परियार, रामबहादुर वली, चन्द्रबहादुर खत्री, मनसरी पुन, खिर्या रोका, शोविलाल विक, तुलसी परियार, प्रेमकुमारी भण्डारी र हरिबहादुर पुन प्रवेश गरेका हुन् ।

त्यस्तै दाङको बबई गाउँपालिका वडा नं.३ बाट एमालेबाट शिव परियार र सुन्दर परियारसहित टेकबहादुर अधिकारी, गेहेन्द्र बहादुर वली, गोमा वली, सरला डाँगी, कुलबहादुर रोका, सुमन परियार,सुकलाल नेपाली र आइते नेपाली प्रवेश गरेका हुन् । नवप्रवेशीलाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गरेका हुन्  । 

अध्यक्षमा वली 

यस्तै सोही वडाको माओवादी केन्द्रको वडाध्यक्षमा टुम बहादुर वलीलाई चयन गरिएको छ । यसको उपाध्यक्षमा मिनल वली, सचिबमा यवन परियार, सहसचिबमा कमला नेपाली र कोषाध्यक्षमा तुलसा नेपालीलाई चयन गरिएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस