त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रा.लि.को आसन्न चौथो साधारणसभा तथा दोस्रो अधिबेशनको तयारी र ब्यबसायिहरुका बिबिध समस्या बारेमा तुलसिपुरमा वृहत छलफल गरिएको छ ।
प्रा.लि.का अध्यक्ष शुरेस हमालको अध्यक्षतामा भएको छलफलमा ब्यबसायिहरुले यात्रुहरुको माग र चाहना बमोजिम गाडि सञ्चालन गर्नुपर्ने हमालले बताएका थिए । लामो रुटमा चल्ने गाडिहरुलाई ठिक समयमा गन्तत्वमा पुर्याउनु पर्ने गुणस्तरिय खानाको ब्यबस्थापन गर्न पर्ने जस्ता कुरामा निर्देशन समेत दिईएका छन ।
ब्यबसायिहरुले दाङबाट स्तरिय सेवा प्रबाह गर्न आफुहरु लागि परेको भन्दै माघ अन्तिमबाट AC बसहरु सञ्चालन गरिने पनि प्रशासनिक सचिब प्रकाश भट्टले जानकारी दिएका छन । साधारणसभा सम्पन्न गर्न सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्दता समेत ब्यबसायिहरुले जनाएका छन ।
प्रा.लि.को यहि फागुन १२ र १३ गते तुलसीपुरमा चौथो साधारणसभा एवम अधिबेशन गर्ने र अहिले यातायात प्रा. ली ले १० लाखको दुर्घटना बिमा देखि पचास हजार देखि ३ लाख सम्मको उपचार खर्च समेत दिँदै आएको छ ।