२०८१ चैत्र ६ गते बुधवार | 2025 March 19th Wednesday

नायक पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन आदेश

उच्च अदालत पोखराले पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन आदेश दिएको छ। अदालतले पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा दुबै पक्षलाई झिकाउने आदेश दिएको दिएको हो।

सोमबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले दुबै पक्षलाई झिकाउने आदेश दिएको छ ।

शाहलाई नाबालिगमाथि बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए। तर जिल्ला अदालत तनहुँले भने पल शाहलाई सफाइ दिएको थियो ।

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस