२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

आज प्रणय दिवस मनाइँदै

आज फेब्रुअरी १४ भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस विश्वभर मनाइँदैछ । प्रणय दिवसमा प्रेमिल जोडीहरुले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्ने गर्छन् ।
आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा प्रणय दिवस मनाइन्छ । पश्चिमा देशहरुबाट सुरु भएको भ्यालेन्टाइन पछिल्लो वर्षहरुमा नेपालमा पनि मनाइँदै आइएको छ । आजको दिन प्रेमिल जोडीहरुले एक अर्कालाई रातो गुलाफको फूलसँगै उपहार दिएर प्रेम प्रस्ताव राख्ने गर्छन् ।

यसअघि प्रेमिल जोडीहरुले भ्यालेन्टाइन सप्ताह अन्तर्गत ७ फेब्रुअरीमा गुलाफ दिवस (रोज डे), दोस्रो दिन फेब्रुअरी ८ मा प्रपोज डे, फेब्रुअरी ९ मा चकलेट डे, फेब्रुअरी १० मा टेडी डे, फेब्रुअरी ११ मा प्रमिस डे, फेब्रुअरी १२ मा हग डे, फेब्रुअरी १३ किस डे मनाइसकेका छन् । सप्ताहको आज मुख्य दिन १४ फेब्रुअरीमा भ्यालेन्टाइन डे मनाइँदै छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस