२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

तुलसीपुर र घोराही कारागारबाट १४ जना कैदिबन्दिको कैद मिनाह

दाङबाट गणतन्त्र दिवसको अवसरमा १४ जना कैदीबन्दी रिहा भएका छन् । तुलसीपुर कारागारबाट ११ जना र घोराही कारागारबाट तीन जना गरी १४ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको हो ।

प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यका अनुसार तुलसीपुर कारागारबाट कर्तव्य ज्यान, बहुविवाह, नकवजनी चोरीका गरी ११ जना र घोराहीबाट तीन जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको छ । कैद मिनाह हुने सबै पुरुष रहेका छन् ।

कैद मिनाहा भएका कैदीबन्दीहरुलाई उनीहरुको आफन्तीको रोहबरमा आज छोडिने छ । ५० प्रतिशत कैद भुक्तान गरेका कैदीबन्दीको बाँकी कैद मिनाह भएको कारागार प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस