
काठमाडौं, ३ भदौ । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ती मगरले लगनगाँठो कसेका छन् । उनले प्रेमिका लिना प्रधानसँग आज आइतबार भद्रकाली मन्दिरमा विवाह गरेका हुन् ।
लिना माल्दिभ्समा होटल व्यवस्थापनको काम गर्छिन् । उनीहरुबीच ५ वर्षभन्दा लामो समयदेखि प्रेम सम्बन्ध थियो ।
प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार