
दाङ, २२ भदौ ! मौसमका कारण बेलाबेला विद्युत काटिएको तुलसीपुर विद्युत प्राविधि करणका प्रमुख शिव नारायण गोशली जानकारी दिएका हुन् ।
कुनै सुचना बिना केहि दिन देखी दिनमा १२,१२ पट्क भन्दा धेरै विद्युत जाने आउने गरेको हुँदा सम्पुर्ण उपभोक्ता , व्यापारी , विद्यार्थी लगायत आमनागरिकहरु मार्मा परिरहेका छन् ।
यहीँ बिषयलाई लिएर आज एच.आर. मिडिया हाउस प्रा. लि. र स्वतन्त्र युवा हरुले सयुक्त रुपमा तुलसीपुरका विद्युत प्राविधिकरणका प्रमुख शिव नारायण गोशली लाई ज्ञापन-पत्र समेत बुझाएका छन् । ज्ञापनपत्र बुझे संगै आफ्ना जबाफ दिदै प्रमुख ले यो समस्या केवल तुलसीपुरको मात्र नभएको बताएका छन् ।
प्रमुख गोशलीले पश्चिम दाङका सम्पुर्ण ठाँउ लगायत बाहिरी जिल्ला रुकुम , रोल्पा , सल्यानमा पनि हामीबाटै विद्युत वितरण भएको र कहिलै काहीं सल्यानमा विद्युत अबरुद्ध हुँदा पनि हामीले यहाँ समस्या भोकनु परेको बताएका हुन् ।
हाम्रो यहीँ सवस्टेशन बाटनै जिल्ला बाहिर ३३ के.बि विद्युत करिब करिब १४७ किलोमिटर टाढासम्म जाने विद्युत तुलसीपुर बाटै वितरित छ । त्यसको सम्पुर्ण काम तुलसीपुर देखिनै गरिएको हुँदा अझ यो बर्षातको समयमा ति पहाडी जिल्लाहरुमा पहिरो जाने रुख ढल्ने विद्युतका पोल्हरु ढल्ने लगायत समस्या बढ्दै गएको र त्यसको असर ती ठाउँ लगायत यहाँ सम्म परेको पनि उनिले बताएका हुन् ।
यस्तै इगल खबर का सन्चालक एच. आर. मगरले तपाईंको तात्पर्य अनुसार मौसमलाई नै केन्द्रविन्दु गराएर यो समस्या भएको भन्नू र गत बर्ष बर्सातको समयमा पनि धमाधम विद्युत आइरहनु यो हेर्दा आम उपभोक्ताले के बुझ्ने यो उपभोक्तालाई झुकाउने खेल भैरहेको हुँदा यस्ता गतिविधि आम उपभोक्तालाई सैन्य नहुने बताएका थिए ।
उक्त ज्ञापनपत्र बुझाउन इगल खबरका संचालक एच. आर. मगर, अनलाईन टिभी पत्रकार संघ नेपाल दाङ शाखा सचिब भिम वली , ब्ल्याक डाईमन्ड फिल्म प्रा लि का संचालक झग्गु भण्डारी, स्वतन्त्र युवा क्लबका अध्यक्ष सन्दीप गौतम, राप्ती पहिचान डट कमका यज्ञ ब. बुढा, अन्लाईन टिभी पत्रकारका जिल्ला सदस्य अर्जुन रोका मगर, पत्रकार तथा विद्यार्थी नेता केवि वली, तीखो खबर का प्रसिद्ध डाङ्गी, दियालो अनलाइन का एलिन से कि, उपस्थिति थिए ।