२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

ट्राफिक सचेतता कार्यक्रम तथा जेब्राक्रस निर्माण

दाङ, ६ असोज ! तुलसीपुरमा ट्राफिक सचेतना कार्यक्रम तथा जेब्राक्रस निर्माण गरिएको छ । लायन्स क्लब अफ दाङ क्यापिटलको आयोजना र सानीमा रिलाइन्सलाइफ ईन्सुरेन्स तुलसीपुर शाखाको सहकार्यमा तुलसीपुरको बिरेन्द्र चोकमा सर्वसाधारण संगै ट्राफिक सचेतना कार्यक्रम तथा जेब्राक्रस निर्माण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उद्योग वाणिज्य सङ्घ तुलसीपुरका उपाध्यक्ष ललित जंग शाहले कुनै पनि व्यक्तिले यात्रा गर्दा होस् यात सवारीसाधन चलाउदा होस् ट्राफिक नियमको पालना गर्नुपर्ने बताएका हुन । पछिल्लो समयमा दाङ लगायत देशै भरी दिनप्रतिदिन सवारी दुर्घटना बढ्दो क्रममा रहेको र यसलाई न्यूनीकरण गर्न अब सबै क्षेत्रमा ट्राफिक सचेततामुलक कार्यक्रम गर्नु पर्ने बताएका हुन् ।

सबै चालक हरुले ट्राफिक नियम सिकेरै ड्राइभिङ लाइसेन्स ल्याएता पनि त्यो व्यवहारमा नउतार्दा धेरै दुर्घटना हुदै आएको संगै कुनै पनि ट्राफिक चिन्नको औचित्य नखारी जथाभावी सवारीसाधन पार्किङ गर्दा आम सर्वसाधारणले सास्ती बेहोर्नुपरेको हुँदा यसलाई न्यूनीकरण गर्न सबै लाग्नुपर्ने पनि उनले बताएका हुन ।

यस्तै लायन्स क्लब अफ दाङ क्यापिटलका अध्यक्ष दिपक केसि ले सडक दुर्घटनालाई न्यूनीकरण गर्न आफुहरुले यो कार्यक्रम आयोजना गरेको बताएका छन् । आम सर्वसाधारणलाइ ट्राफिक सचेतता गराइयो भने दिनहुँ हुने सवारी दुर्घटनालाइ न्यूनीकरण गर्न सकिने उनले बताएका हुन् ।

सानीमा रिलाइन्सलाइफ ईन्सुरेन्स तुलसीपुर शाखा प्रमुख डम्बर के सि, ट्राफिक प्रहरी शिव न्युपाने , उषा चौधरी अनलाइन टिभी पत्रकार दाङका अध्यक्ष एच. आर. मगर, इगल खबरका रिपोर्टर अर्जुन रोकामगर, ओरेन्ज खबरका संचालन नवीन वली विद्यार्थी नेता एवम् पत्रकार के. वि. वली लगायत सहभागी थिए ।

लायन्स क्लब अफ क्यापिटल दाङका अध्यक्ष दिपक केसिको अध्यक्षतामा भएको उक्त कार्यक्रममाको सहजीकरण लायन्स क्लब अफ क्यापिटल दाङका सचिन दिपक वलीले गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस