२०८३ साउन २२ गते शुक्रवार | 2026 August 7th Friday

कपुरकोट गाउँपालिका स्तरीय मौलिक एवम् लोक गायन,नृत्य तथा बक्तित्वकला प्रतियोगिता हुँदै

दाङ, १० कार्तिक । कपुरकोट कला साहित्य संरक्षण समिती कपुरकोट गाउँपालिकाको आयोजना तथा कपुरकोट गाउँपालिकाको संरक्षकमा कात्तिक १४ गते कालिका मा.बि कपुरकोट सल्यानको प्राङ्गणमा कपुरकोट गाउँपालिका स्तरिय मौलिक एकल लोक गायन, नुत्य तथा सोरठी पैसरी नाच प्रदशन हुन लागेको हो ।

पछिल्लो समयमा स्थानीय स्तरका मौलिक आफ्नो छुट्टै पहिचान बोकेका कलाहरु लोप हुँदै गहिरहेको हुँदा आफुहरुले ती मौलिक कलाहरुको संरक्षण गर्दै भावीपुस्तालाई पनि आफ्नो मौलिकताको बारेमा अग्रसर पार्ने उद्देश्यका साथ आफुहरुले यी कार्यक्रमको आयोजना गरेको कपुरकोट गाउँपालिकाका कला साहित्य संरक्षण समितीका अध्यक्ष शान्ताराम सेन्चुरिले जानकारी दिएका हुन ।

उक्त कार्यक्रममा वरिष्ठ लोक गायक खर्क बहादुर बुढा, गायिका लिलावति बुढा , गायक एम.टि महर, डान्सर रितु बि.क, डान्सर गिता क्षेत्री लगायत स्थानीय कलाकारको समेत बेजोड प्रस्तुति पनि रहने आयोजकले जानकारी दिएको हो।

एकल लोक गीत प्रतियोगिता, एकल नित्य प्रतियोगीता र वक्तव्यकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने प्रतियोगीले रु:३००० दोस्रो स्थान हासिल गर्ने प्रतियोगीले रु:२००० र तृतीय स्थान हासिल गर्ने प्रतियोगीले रु:१००० र प्रमाणपत्र हात पार्ने छन् । भने सोरठी र पैसरी नाच प्रर्दशन प्रत्येक टिमलाई उचित पुरुषकारको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस