२०८३ जेष्ठ ६ गते बुधवार | 2026 May 20th Wednesday

परम्परागत मेलालाई संरक्षण गर्नुपर्छ : मन्त्री मास्की

दाङ,६ मंसिर । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की(राजेश)ले परम्परादेखि लाग्दै आएका मेलाको संरक्षण गर्नुपर्ने बताएका छन् । बुधबार शान्तिनगर गाउँपालिका वडा नं.१ स्थित बगिया मेलाको उद्घाटन गर्दै मन्त्री मास्कीले मेलाको परम्परा, इतिहास मेटिदै जान थालेको भन्दै यसलाई जोगाउन आबश्यक रहेको बताए ।
मेला पर्वहरु ब्यापारिक केन्द्रका रुपमा समेत रहने उनको भनाई छ ।‘बगिया मेला भन्ने वित्तिकै दिन गनेर बस्ने अबस्था थियो, सुन्तला, बदाम खानालाई यो मेला लाग्नै पथ्र्यो’,उनले भने‘ यहाँ टाढाटाढाबाट ब्यापारिहरु आउनु हुन्थ्यो ।”
साथै मन्त्री मास्कीले बगिया मेला लाग्ने क्षेत्रको संरक्षणकालागि बजेट ब्यबस्थापन गर्ने समेत प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २०८० मङ्सिर ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस