२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

ठुलो पर्दाको लागि छायाँकन हुदै चलचित्र ‘भाविको लेखान्त’

दाङ, २५ मंसिर । टेलि चलचित्रको रुपमा रहेको ‘भाविको लेखान्त’ अब ठुलो पर्दाका लागि छायाँकन हुने भएको छ । ठुलो पर्दामा आउन लागेको चलचित्र ‘भाविको लेखान्त’ को दाङ र रोल्पामा छायाँकन गरिन लागेको निर्देशक लेखान्त भुषालले जानकारी दिएका हुन ।  

 त्यस्तै नेपाली कथानक चलचित्र ‘भाविको लेखान्त’ दाङ काे  कार्यक्रम  सकेर रोल्पामा पुगेका छन र आज रोल्पामा एक कार्यक्रमका बिच भब्य स्वागत गरिएको छ  । भाविको लेखान्त नामक चलचित्रको छायांकन को अवलोकन गर्ने क्रममा रोल्पा जिल्लाको रुन्टिगढी गाउपालिका पुगेका छन। त्यसै क्रममा उक्त गाउपालिकाले भाविका लेखान्तका कलाकारहरुलाई स्वागत तथा सम्मान गरेको छ  ।

रुन्टिगढी गाउपालिका वडा न १ अध्यक्ष थम बहादुर घर्ती मगरको अध्यक्षता भएको कार्यक्रममा

प्रमुख अतिथी वरिष्ठ खलनाएक मुकुन्द थापा रहेका थिए । वडा सदस्य बुद्धिलाल ओलि  फत्ते सिङ घर्ती मगर  , महिला सदस्य चन्द्री पुन दलित.म. सदस्य दिल माया बिक  भाविको लेखान्त टेलिफिल्मका निर्देशक सुरेन्द्र थापा, निर्माता तथा कालाकार लेखान्त भुषाल, वरिष्ठ कलाकार मुकुन्द थापा, कलाकार सुन्दर मायालु लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । 

कुन्जन घिमिरेको लेखन र लेखान्त भुषालको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘भाविको लेखान्त’ मा सन्दीप चौधरीको सम्पादन रहेने छ । चलचित्रमा लेखान्त भुषाल, मुकुन्द थापा सुरेन्द्र थापा  सुन्दर मायालु लगायतका कलाकार रहेका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस