
दाङ, ३० मंसिर । म सफा गर्छु मेरो देश अभियानले आज १२८ हप्ताको दिन तुलसीपुर वडा न.५ र ९ को सिमाना पर्ने पातुखोलामा सरसफाइ गरेको छ ।

म सफा गर्छु मेरो देश अभियानका अभियानता निम बहादुर बुढाथोकी को नेतृत्वमा गएको टिमले उक्त स्थान सरसफाइ गरेको हो । दैनिक रुममा फोहोरले भरिदै गहिरहेको पातुखोला आज भने मुहार फेरिएको जस्तो देखिएको छ ।

उक्त अभियानमा सन्चारकर्मी एच.आर. मगर, विद्यार्थी नेता तथा समाजिक अभियानता के.वि. वली , सामाजिक अभियानता रन्जना कामी , नबजोती संस्कृतिक युवा कलबका अध्यक्ष धनराज रोका, तिलक विश्वकर्मा, प्रबिन वि. क, सन्जु विश्वकर्मा, सन्ध्या परियार, सर्मिला बि क, सन्दिप घर्ती, दिलमान महर लगाएको सहभागी रहेको थियो ।

धेरै समय पर्साद उक्त स्थानमा सरकारले नगरेको काम यो अभियानले गरेको भन्दै सम्पुर्ण अभियानता टिमलाई बुद्धिजीवी लगायत टोल बासिन्दाले धन्यवाद समेत दिएका थिए ।
