२०८२ असार ३० गते आइतवार | 2025 July 13th Sunday

म सफा गर्छ मेरो देश´१३० औं हप्तामा, फेलोशिप ट्रेनिङ सेन्टरको सहभागी

दाङ, १४ पौष । म सफा गर्छ मेरो देश अभियानलाई फेलोशिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको सहभागी रहेको थियो । 

१३० औं हप्ता देखी निरन्तर संचालित म सफा गर्छु मेरो देश अभियानको आज १३० हप्ताको दिन फेलोशिप ट्रेनिङ सेन्टरका संचालक राजु एरि संगै ट्रेनिङ गरिरहेका २५ जनाको प्रत्यक्ष सहभागी रहेको थियो ।

पछिल्लो समयमा धेरै जनाको नाम निकाल्न सफल फेलोशिप लाहुरे ट्रेनिङ सेन्टरले विभिन्न समयमा विभिन्न खाले कार्यक्रम गर्दै आइरहेको पनि फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु एरिले जानकारी दिएका हुन ।

यस्तै अभियानका अध्यक्ष निम बहादुर बुढाथोकीले अबका युवाले बोलेर भन्दा पनि गरेर मात्र परिवर्तन हुन सक्ने भन्दै आफुहरु निरन्तर अभियानमा लागिरहेको बताएका हुन् । आफ्नो यो अभियानलाई प्रत्यक्ष रुपमा सहयोग गरेको भन्दै फेलोशिप ट्रेनिङ सेन्टरलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस