२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी समिति द्धारा रक्तदान

दाङ,१४ पौष । रक्तदान जिवनदान भन्ने नाराका साथ आज  राप्ती प्रादेशिक अस्पताल तुलसीपुर परिसरमा अवस्थीत कालीकादेवी रक्तसञ्चार केन्द्रमा तुलसीपुर माेवाइल तथा इलेक्ट्रोनिक व्यवसायीको आयोजनामा आज  रक्तदान कार्यक्रम गरीएको छ । तुलसीपुरमा बिरामीहरूलाई रगतको अभाव नहोस्, भनेर शनिवार व्यबशाईहरुले  रक्तदान गरेका छन् ।

तुलसीपुर माेवाइल तथा इलेक्ट्रोनिक व्यवसायी संघका अध्यक्ष सुरज भण्डारीकाे अध्यक्षता तथा राप्ती प्रादेशिक अस्पतालका मेसु डा.पदमराज अधिकारीकाे प्रमुख आतिथ्यता एवं रेडक्रम दाङ रक्त सञ्चार केन्द्र प्राविधिक प्रमुख ठाकुर पाैडेलकाे बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

रक्तदान नै जीवन दान हुने भन्दै रगत नपाएर छटपटाएका बिरामी आफूहरूले दिएको रगतले उनीहरूको जीवन बच्ने हुँदा रक्तदान कार्यक्रमको आयोजना गरिएको व्यवसायी समिति अध्यक्ष शुरज भण्डारीले बताए । जीवनमा सबै भन्दा ठुलो दान भनेको नै रक्तदान हो । हामी आफ्नो व्यवसायमा बेवास्ता हुँदा पनि समाजमा घुलमिल गर्दै समाजमा पर्ने अप्ठेरोलाई सहयोग गर्नुपर्छ, भनेर नै रक्तदान कार्यक्रमको आयोजना गरेका हौँ ।’ उनका अनुसार समितिबाट १८ जना युवाहरूले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस