दाङ, १५ पौष । थर्ड आई नेपाल’ले तुलसीपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
कालिका रक्तसञ्चार केन्द्र तुलसीपुरमा आज रक्तदान गरिएको बताएको छ । साे अवसरमा १४ जनाले रक्तदान गरेका थिए । तुलसीपुरमा रगत अभाब रहेकाले आफूहरुले उक्त कार्यक्रम आयोजा गरिएको उक्त संस्थाका सदस्य सुगम भण्डारीले जानकारी दिएका छन । कुनै विरामी रगत नपाएर छट्पटाउने अबस्थामा आफूहरुको सानो सहयोगले पनि कसैको जीवन बच्न सक्ने भन्दै उक्त कार्यक्रम आयोजना गरिएको उनले बताए ।
उक्त संस्थाले यस्ता सामाजिक कार्य गर्दै आएको समेत सदस्य भण्डारीले बताए । कार्यक्रममा अध्यक्ष बसन्त गिरी, सचिब सन्तोष लामिछाने,कोषाध्यक्ष रेसम बस्याललगायतकाेउपस्थित भएका थिए ।
प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार