दङ, ३ माघ । दाङको तुलसीपुर मा रहेको राइजिङ टुगेदर मिडिया प्रालिद्वारा सञ्चालित सिएनटीप्रेस डटकम ले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा २ दिने आधारभूत पत्रकारिता तालिम सन्चालन गरेको छ । वि.सं २०७९ माघ ४ गते बाट सन्चालन मा आएको सिएनटी प्रेस डट कम ले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी तुलसीपुर शाखाको भवन मा आधारभूत पत्रकारिता तालिम सन्चालन गरेको हो ।
पत्रकारिता फिल्ड मा नयाँ प्रवेश गरेका तथा गर्दै गरेका प्रशिक्षार्थी हरुलाइ प्रशिक्षण दिइएको हो । दशकौ लामो पत्रकारिता फिल्ड मा अनुभव बटुलेका पत्रकार ( प्रशिक्षक ) हरु : दिपक बोहोरा, राकेश बस्नेत, यज्ञ बहादुर बुढा , सुमन के सी, जित सागर जि एम , बसन्त पौडेल, मदन बि क ले तालिम मा आफ्नो अनुभव सँगैको खोजी पत्रकारिता, समाचार लेखन, पत्रकार र पत्रकारिता विषय, छापा पत्रकारिता, रेडियो पत्रकारिता, टेलिभिजन पत्रकारिता तथा अनलाइन पत्रकारिता लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।
२०८० माघ २ र ३ गते सन्चालित २ दिने आधारभूत पत्रकारिता तालिम का अध्यक्ष तथा राइजिङ टुगेदर मिडिया प्रालि का सन्चालक तथा सिएनटी प्रेस का प्रमुख/सम्पादक सागर सुबेदी ले उक्त आधारभूत पत्रकारिता तालिम ले नवप्रवेशि साथीहरुलाई पत्रकारिता फिल्ड मा काम गर्न सहजता हुने तथा पत्रकारिता फिल्ड मा काम गर्न क्षमता अभिबृद्धि साथै हौसला बढाउन मद्दत गर्ने उद्देश्यले तालिम को आयोजना गरिएको बताएका हुन ।
यस सँगै भोली माघ ४ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुर मा रहेको ब्लड बैंक मा रक्तदान कार्यक्रम गरी सिएनटी प्रेस डटकम ले आफ्नो पहिलो स्थापना दिवस मनाउदै छ ।