२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

महायज्ञ सफल पार्न जनप्रतिनिधिको प्रतिबद्धता

दाङ, ३ माघ । मानव सेवा आश्रम निर्माणार्थ आगामी माघ १३ देखि २० गते सम्म सञ्चालन हुन लागेको सप्ताह ज्ञान विज्ञान महायज्ञ व्यवस्थित  गर्न जनप्रतिनिधिहरूको सहयोग र प्रतिबद्धताका लागि बुधबार मानव सेवा आश्रम तुलसीपुरमा बैठक बसेको छ । श्रीमद् भावगत ज्ञान विज्ञान महायज्ञ मूल समारोह समितिका संयोजक डिल्लीबहादुर बस्नेतको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा बैठक बसेको हो ।

बैठकमा सहभागि तुलसीपुर उपमहानगरपालिका वडा अध्यक्षहरूले तुलसीपुर उपमहानगरपालिका ४ हलवार स्थित कालिका मालिका मन्दिरको जमिनमा निर्माण गरिन लागिएको मानवीय स्मारक अर्थात मानव सेवा आश्रममा वडाको तर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाएका छन् । वडा नम्बर ४ का वडा अध्यक्ष तुलसी थापाले त्यस क्षेत्रमा आँखा अस्पतालका लागि उपलब्ध गराउन नसक्दा अवसर गुमेको बताए। वडा नम्बर ४ ले यसलाई अवसरका रुपमा लिदैँ  मानव सेवा आश्रम निर्माणमा कुनै पनि त्रुटि नगर्ने वडा अध्यक्ष थापाको भनाई छ ।

वडा नम्बर ५ का बिरेन्द्र शाह, वडा नम्बर ६ का दुजमान भण्डारी, वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसी, वडा नम्बर ९ का घनश्याम ढकाल, वडा नम्बर १२ का सदस्य शेषमणी भण्डारी, वडा नम्बर १५ शंकर खड्का, वडा नम्बर १६ का शिवानन्द डाँगी, वडा नम्बर १७ का प्रतिनिधिले मानव सेवा आश्रमका लागि आवश्यक पर्ने आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए। नगरप्रमुख टिकाराम खडकले महायज्ञ सफल पार्न निष्ठापूर्वक लाग्न सबैलाई आह्वान  गरे।

आर्थिक सहयोग मात्र होइन माघ १३ गतेको शोभा यात्रामा टोल विकास संस्थाहरूलाई समेत सहभागि गराउन आग्रह गर्दै  १ लाख ७९ हजार जन संख्या रहेको तुलसीपुर उपमहानगरपालिकामा एक घरबाट १ सय रुपैयाँ आर्थिक सहयोग कम्तीमा गर्न सके पनि धेरै मद्दत पुग्ने बिचार  राखे । महायज्ञ सञ्चालनका लागी प्रमुख वाचकको रुपमा कास्की पोखरा निवासी भागवत भाष्कर  गुरु कमलनयन गौतम रहेको  आश्रमका केन्द्रिय महासचिव सुशीला केसीले जानकारी  दिइन । महायज्ञबाट करिव ५ करोड बढि आर्थिक संकलन हुने अपेक्षा गरिएको समितिका  सदस्य सचिव बुद्धप्रकाश सिंहले जानकारी  दिए। महायज्ञलाई भव्य रूपमा सम्पन्न गर्न मूल समारोह समितिले भेटघाट, छलफल, अन्तरक्रिया गर्दै आएको छ ।

प्रकाशित मिति : २०८० माघ ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस