२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

महायज्ञको तयारी अन्तिम चरणमा

दाङ,११ माघ । मानव सेवा आश्रममा आश्रितहरुका लागि निर्माण गर्न लागिएको भवन निर्माणार्थ महायज्ञको तयारी अन्तिम अबस्थामा रहेको छ । महायज्ञ मुल आयोजक समितिको आयोजनामा बिहीबार तुलसीपुरमा गरिएको पत्रकार भेटघाट कार्यक्रमबाट तयारीका बारेमा जानकारी गराईएको हो । तयारी मुल आयोजक समितिका सदस्य सचिव बुद्ध प्रकास सिंहले हाल सम्म गरिएको तयारीका बारेमा जानकारी गराएका हुन ।

तुलसीपुर स्थीत अरनिको मैदानमा पण्डाल निर्माणको तयारी अबस्थामा रहेको छ भने शोभा यात्रा माघ १३ गते बिहान ११ बजेदेखि शुरु गरिने छ । आकर्षक शोभा यात्रामा बिभिन्न भेषभुषा,संस्कृति झल्कने सहभागि हुने छन् । उक्त शोभा यात्राले बजारका बिभिन्न क्षेत्रको परिक्रम पछि महायज्ञ स्थल अरणीको मैदानमा भब्यताका साथ सहभागि हुने छ । तयारी स्वरुप भोली माघ १२ गते बिहान ७ बजे महायज्ञ स्थलमा सरसफाई गरिने छ । सरसफाईका लागि नेपाली सेना,शसस्त्र प्रहरी,नेपाल प्रहरी लगायत बिभिन्न संघसंस्थाहरुको सहभागिता हुने मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेतले जानकारी दिए । 

पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता संयोजक डिल्लीबहादुर बस्नेतले गरेका थिए स्वागत मन्तब्य प्रचार प्रसार उपसमितिका सह संयोजक नारायणी रजौरेले र सहजिकरण उपसमितिका संयोजक सुशील बस्नेतले गरेका थिए। महायज्ञ सफल बनाउन बिभिन्न ३४ वटा उपसमिति गठन गरिएको छ ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस