२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङद्वारा सल्लाहकार वलीलाई समान 

दाङ, २१ माघ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङ  द्वारा सल्लाहकार राज कुमार वली (राजेश) लाई समान गरेको छ । कात्तिक १७ गते जाजरकोट केन्द्र बिन्दु भएर गएको ठुलो बिनासकारी भुकम्पले धेरै जनधनको क्षति भएको थियो जस बेला राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङले संचालन गरेको अभियानमा आर्थिक सहयोग संगै राहत संकलनमा निकै ठुलो भुमि निभाएको भन्दै एक औपचारिक कार्यक्रमका बिच आज राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङ जिल्लाका अध्यक्ष दिपक वली र सचीव भिम वली (एस.बि)ले स-समान गरेको हुन । 

समान कार्यक्रममा बोल्दै अध्यक्ष दिपक वलीले आफुहरुले संचालन गरेको हरेक अभियानमा वहाको निकै ठुलो भुमिका रहेको समेत बताएका हुन् । हाम्रो यस् संस्थाका अभिभावक एक असल युवा व्यवसायी बाट आफू हरुलाई हरेक अभियानमा सहयोग हुँदा आफू संगै आफ्नो टिम खुशी बलियो भएको बताए । 

सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय संगीतकर्मी संघ दाङ जिल्लाका सचीव भिम बहादुर वली (एस.बि) ले त्यो दिन नेपालीहरुको लागि कालो दिन भएको र त्यहीँ कालो दिनको बिहानै आफू र वरिष्ठ उपाध्यक्ष एच.आर मगर स्थल गत रिपोर्टिङका लागी उक्त ठाउँ जाजरकोट र रुकुम पश्चिम्को भग्नावेस भएको ठाउँमा सहयोगको लागी पुगि त्यहाँको अवस्थाको बारेमा सम्पुर्ण जानकारी राष्ट्रिय संगीतक्रमी संघ जिल्ला शाखा दाङका अध्यक्ष लाई दिएको बताए । 

त्यहाँ छट्पटीएका नागरिकहरुको घाउमा केहि मल्म पट्टी लगाउने उद्देश्यले आफुहरुले आत्मसाथ गर्दै सहयोगका लागी फिल्डमा खटिएको बताउदै संस्थाले संचालन गरेको राहत अभियानमा एक युवा व्यवसायीबाट निकै ठुलो योगदान पुर्याएको भन्दै सम्पुर्ण अभियान टिमको तर्फबाट धन्यवाद समेत व्यक्त गरेका थिए ।

यस्तै समान कार्यममा सम्मानित हुँदै वलीले अहिले राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङले संचाल गरिरहेको हरि माया बि.क घर बनाउ अभियानमा आफुले १५५००/- (पन्द्रह हजार पाँच सय) सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका हुन् । 

उक कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङका सदस्य रमेश जैसी , हर्क बहादुर बिक ,करण वली , दामोदर केसी , राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङका प्रेस सह-संयोजक के.वि वली विद्यार्थी नेता भुपेस खत्री , तिलक डाँगी लगायतको सहभागी रहेको थियो ।

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस