२०८३ भाद्र २९ गते सोमवार | 2026 September 14th Monday

ज्ञान ज्योति कलेजलाई ५ विकेटले पराजित गर्दै राप्ती बबईले विजयी

दाङ,२९ भदौ । ज्ञान ज्योति फाउन्डेसनले आयोजना गरेको ज्ञान ज्योति इन्टर कलेज टी २० क्रिकेट प्रतियोगिताको उपाधि राप्ती बबई क्याम्पस तुलसीपुरले हात पारेको  छ  । फाइनल खेलमा राप्ती बबईले आयोजक ज्ञान ज्योति कलेज तुलसीपुरलाई ५ विकेटले पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो । 

फाईनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राप्ती बबईले रु. ३५ हजार नगद पुरस्कार सहित ट्रफी प्रमाणपत्र र मेडल हात पारेको हो भन्ने उपविजेता आयोजक ज्ञान ज्योतिले रु. १५ हजार नगत ट्रफी प्रमाणपत्र र मिडल  प्राप्त गरेको छ ।

प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि सुरेश हमालले कार्यक्रममा बोल्दै विद्यार्थीहरूको शैक्षिक विकाससँगै खेलकुद क्षेत्रको विकासमा पनि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । खेलकुदले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, टिम भावना र प्रतिस्पर्धात्मक सोचको विकास गर्ने भएकाले विद्यालय तथा कलेजस्तरमा नियमित रूपमा खेलकुद प्रतियोगिता आयोजना गर्नु पर्नेमा समेत जोड दिएका थिए । 

यता आयोजक ज्ञान ज्योति फाउन्डेसनले प्रतियोगिताले कलेजस्तरमा क्रिकेटको विकास र नयाँ प्रतिभा पहिचानमा सहयोग पुगेको उद्देश्यका साथ आफुहरुले प्रतियोगिता संचालन गरेको बताएको थियो ।

प्रकाशित मिति : २०८३ भाद्र २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस