
दाङ, ४ वैशाख । मिडिया महोत्सवमा ग्रिन फाउन्डेसन नेपाल र तुलसीपुर कृषि वन उद्यमी सहकारी संस्था लि. द्वारा संचालित तुलसीपुर रैथाने कोशेली घरको प्रर्दशनी

नेपाल पत्रकार महासंघ दाङ शाखाले घोराईमा मिडिया मौसम सञ्चालन गरिरहेको थियो । त्यहाँ स्थानीय सरकारका प्रतिनिधिहरू , मन्त्री , विभिन्न राजनीतिकर्मी , लगायत जिल्लाका सम्पूर्ण पत्रकारहरूको उल्लेखित सहभागिता थियो । तर गेट नेर अलि फरक दृश्य देखियो । जहाँ आफ्नै हातले बनाइएका ढकिया आफ्नै हातले बनाएका ठेगी , दुना टपरी राखिएको थियो । त्यति मात्र हैन लोकल मह , टिमुरको छोप , मासुको अचार अमलाको अचार , खुर्सानीको अचार लगायतका अर्गानिक, उसनिएको साक, मुलाको चाना पनि राखिएको थियो ।

हाम्रो टिम के रहेछ भनेर त्यतातिर जाँदा ग्रीन फाउन्डेसन नेपाल र कृषि वन उद्यमी सहकारी संस्था लिमिटेड द्वारा सञ्चालित तुल्सीपुर रैथाने कोसेली घरको प्रदर्शनी रहेछ । अनि त्यहीँ अर्गानिक सामाग्री बेच्दै रहेकी माहालक्ष्मी ढकिया महिला उद्यमी समूह तुलसीपुरकी सदस्य निमा कुमारी चौधरीले आफुहरुले मकैको पोक सर र थाकलको डालाको प्रयोगबाट आफै ढकियाको निर्माण गरेको बताईन ।
आफूहरुले धेरै मेहनत गरेर समूह मार्फत विभिन्न सामग्रीहरू निर्माण गरेको अनि कृषि वन उद्यमी सहकारी संस्था मार्फत उहाँहरुले बिक्री गर्देको बताइन् । संस्थाले बिक्री वितरण संगै बजार व्यवस्थापन गर्दिँदा आफूहरूलाई धेरै सहज भएको र उत्पादनप्रति उत्साहित भएको समेत बताइन ।

आफुहरुले १५ दिनको तालिम लिएर ढकिया टोकरिहरू बुन्न सुरुवात गरेको र अझ थप तालिममा नयाँ नयाँ सामाग्री हरु निर्माण गर्ने सोचमा रहेको बताइन् , आफुहरुले आज सम्म तीन चार प्रकारको सामाग्रीमात्र निर्माण गरेको र आगामी दिनमा अझ धेरै निमार्ण गर्ने सोच्मा रहेको बताउदै अहिले आफुहरुले पुजा डाली , ढकिया दुई आइटमको , पेन किर्नल , थाली , सुक्का रोटी राख्ने हर्केश लगायतका सामाग्री निर्माण गरेको बताइन् ।
यस्तै कृषि वन उद्यमी सहकारी संस्था लिमिटेड तुलसीपुरका सचीव गणेश भण्डारीले स्वच्छ वातावरण र स्थानीय रैथानी स्रोत साधनलाई उत्पादन गर्ने संस्थाको लक्ष्य भएको बताए । तर अहिले आफूहरू सुरुवाती क्षणमा भएको हुँदा धेरै चुनौती समेत झेल्नुपरेको बताए । अहिले आफूहरु स्थानीय स्रोत साधनलाई प्रोत्साहन गर्नुपर्छ भन्ने सोचका साथ अगाडि बढिरहेको र १२ ओटा पसल हरुमा स्थानीय दिदीबहिनीहरूले आफै निर्माण गरेको दुना टप्परी एग्रिमेन्ट गरेको समेत बताए । स्थानीय स्रोत साधनलाई उत्पादन गर्दा धेरै आर्थिक स्रोत बच्ने र स्थानीय जनताहरूलाई उद्दमशीलता बनाउन सकिने समेत उनको तर्क थियो ।