
दाङ, ११ बैशाख । नेपाली कांग्रेस दाङ क्षेत्र नं ३ (१) प्रदेश समिती र नेपाल तरुण दल दाङको आयोजनामा १८ औं लोकतन्त्र दिवस कार्यक्रमको अवसरमा तुलसीपुर को विपि चोकमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । कांग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरिको प्रमुख आतिथ्यतामा अन्तक्रिर्यासहित दिप प्रज्वलन कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य गिरिले कांग्रेसलाई एकताबद्ध र मजबुत बनाउन पार्टीको तल्लो कमिटिदेखि लाग्नु पर्ने बताएका हुन । उनले कांग्रेस आन्तरिकरुपमा एक भए कसैले हराउन नसक्ने बताए । कांग्रेसको भित्रको आन्तरिक एकता नहुदा अर्को पक्षले फाइदा उठाउने भएकाले यसमा सबै सचेत हुनुपर्ने धारणा समेत राखेका थिए । कार्यक्रममा कांग्रेस नेता शंकर गिरि, तरुण दल दाङका अध्यक्ष टिका घर्ति लगायतका नेता, कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार