२०८३ असोज १४ गते बुधवार | 2026 September 30th Wednesday

मोहन सुनारद्वारा सम्पूर्ण सहयोगीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त

दाङ, १४ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा दाङ क्षेत्र नं. ३ बाट महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार मोहन सुनारले आफ्नो उम्मेदवारीका क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, समर्थन र सद्भाव प्रदान गर्ने सम्पूर्ण प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन् । सुनारले निर्वाचनको क्रममा आफूलाई अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण मतदाताहरू, आफ्नो पक्षमा प्रचार प्रसार तथा समर्थन गरिदिनुहुने नेता, कार्यकर्ता, शुभेच्छुक, साथीभाइ तथा आफन्तजनहरू प्रति विशेष आभार व्यक्त गरेका छन ।

त्यस्तै, निर्वाचनमा प्रत्यक्ष रूपमा उपस्थित भएर हौसला प्रदान गर्ने, विभिन्न माध्यमबाट शुभेच्छा तथा सद्भाव व्यक्त गर्ने र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरूप्रति समेत उनले कृतज्ञता व्यक्त गरेका छन् ।

“मेरो उम्मेदवारी देखि निर्वाचन सम्पन्न हुँदा सम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, समर्थन, सद्भाव र अमूल्य मत प्रदान गर्नु हुने सम्पूर्ण आदरणीय मतदाता, अग्रज, नेता, कार्यकर्ता, शुभेच्छुक तथा साथीभाइहरू प्रति हार्दिक धन्यवाद तथा नमन व्यक्त गर्दछु । यहाँहरूले देखाउनुभएको विश्वास र सद्भाव प्रति सधैँ ऋणी रहनेछु,” सुनारले भने ।

उनले प्राप्त साथ र विश्वासलाई आगामी दिनमा पार्टी, संगठन तथा समाज प्रतिको जिम्मेवारी निर्वाह गर्ने प्रेरणाका रूपमा लिएको बताएका छन् ।

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस