दाङ, २२ असार । नेवार राष्ट्रिय मंच तुलसीपुर नगर समिति दाङको१४ औं साधाणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।
आज तुलसीपुरको समिक्षालयमा सम्पन्न अधिबेशन बाट शिव कुमार श्रेष्ठको नायो (अध्यक्ष) मा १३ सदस्यता कार्यसमिति सर्वसम्मति गठन भएको हो ।
जसको नोकू (उपाध्यक्ष) मा सुदृष्टी श्रेष्ठ सचिवमा तुफान बाबु श्रेष्ठ कोषाध्यक्ष राजकुमार श्रेष्ठ सह सचिवमा रीना डंगोल तथा सदस्य हरुमा कृष्णमाया श्रेष्ठ , दिपक श्रेष्ठ , मिलन श्रेष्ठ ,बिणा डगोल,निम कुमार श्रेष्ठ ,किसोर श्रेष्ठ ,पुजा प्रजापति चयन भएका छन् ।
पुष्कर श्रेष्ठको अध्यक्षता एवम् केन्द्रीय उपध्यक्ष नरेश राज राजभण्डरीको प्रमुख आतथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको सहजीकरण नवनिर्वाचित उपाध्यक्ष सुदृष्टी श्रेष्ठले गरेका थिए ।
प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार