दाङ, २८ भदौ । नेपाल पत्रकार महासंघको तीनै तहमा नयाँ नेतृत्व चयनका लागि गर्ने भनिएको निर्वाचन फेरि सरेको छ ।असोज ५ गतेका लागि पूर्वनिर्धारित निर्वाचन असोज १२ गते शनिबारका लागि सारिएको हो । कार्यवाहक अध्यक्ष रमेश विष्टले शुक्रबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएपछि उत्पन्न असहज परिस्थितिका कारण निर्वाचन सार्नुपरेको उल्लेख गरेका छन् ।
पोखरेलकै नेतृत्वमा महासंघसँग सरोकार राख्ने पक्षहरूसँगको सहमतिमा तयार भएको मतदाता सूची बिहीबारै निर्वाचन समितिलाई हस्तान्तरण गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।मतदाता सूची र निर्वाचन तालिका भोलि शनिबार सार्वजनिक गर्ने समझदारी भएको कार्यवाहक अध्यक्ष विष्टले उल्लेख गरेका छन् । सदस्यता शुद्धीकरणमा विवाद हुँदा महासंघको निर्वाचन पटक-पटक स्थगित हुँदै आएको छ ।
प्रकाशित मिति : २०८१ भाद्र २८ गते शुक्रवार