२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

पन्थमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न एमाले दाङको माग

दाङ, १० कार्तिक । नेकपा (एमाले) दाङले घोराहीका व्यवसायी तथा जिल्ला सल्लाहकार सदस्यमाथि दुर्व्यवहार गर्नेमाथि कारबाही गर्न माग राखेको छ । घोराही उपमहानगरपालिका १४ लखन पार्क नजिकै बसोबास गर्ने पन्थमाथि असोज २९ गते नेकपा बहुमतका कार्यकर्ताले मिटरब्याजी र सुदखोर भन्दै दुर्व्यवहार गरेका थिए । उक्त घटनाको जिम्मा उक्त पार्टीका जिल्ला सेक्रेटरी अमरले विज्ञप्तिमार्फत लिएका थिए ।

घटना घटेको लामो समयपछि शुक्रबार एमाले दाङका अध्यक्ष शिवकुमार आचार्य, उपाध्यक्ष मनोहर बुढाथोकी, सचिव सुर्यबहादुर डाँगी, उपसचिवद्धय भुवनेश्वर पौडेल र सिता चौधरीले संयुक्त विज्ञप्ति जारी गरेका थिए । विज्ञप्तिमा उनीहरूले कानुन हातमा लिने समूहलाई कारबाही गर्न माग गरेका हुन् । उनीहरूले यस्ता घटनाबाट त्रसित नहुन र विधिको शासनलाई सहयोग गर्न आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार
प्रतिक्रिया दिनुहोस