२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

युवा विद्यार्थी हरुको संचालनगरेको १० दिने सरसफाइ अभियान शनिवार सम्पन्न

दाङ, ११ कार्तिक । युवा विद्यार्थी हरुको अग्रसरमा तुलसीपुरमा संचालन गरिएको १० दिने सरसफाइ अभियान हिजो सनिवार सम्पन्न भयो छ । महान चाडपर्वलाई मद्यनजर गर्दै सुन्दर र स्वच्छ तुल्सीपुर बनाउने उद्देश्यका साथ राजु बि.कको व्यवस्थापनमा भएको १० दिने सरसफाइ अभियान हिजो सनिवार सम्पन्न गरिएको हो ।

 बिहान  ६:३० देखि ८ सम्म लगातार १० दिन संचालन गरिएको उक्त कार्यक्रमले तुलसीपुरका विभिन्न स्थानहरु अरनिको मैदान , गुम्राह चोक , घोराही रोड , बसपार्क लगायतका क्षेत्रमा सरसफाइ गरिएको कार्यक्रमका अध्यक्ष निम बुढाथोकीले बताएका हुन ।

यस्तै समापन कार्यमामा बोल्दै तुल्सीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले नेपालीहरूका महान चाडपर्व हरुलाई मध्येनजर गर्दै आफ्नो सहर सुन्दर र स्वच्छ बनाउन थालिएको यो अभियान सरणीय योग्य रहेको बताएका हुन । यस्तै उहाले यो अभियानलाई आफूहरूले स्थानीय सरकारले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन ।

यस्तै कार्यक्रम व्यवस्थापक राजु बिकले उक्त कार्यक्रममा तुलसीपुरका २० जना भन्दा बढी विद्यार्थी दैनिक सहभागीतामा भएको बताएका हुन । नेपालीको महान चाडपर्वलाई मद्यनजर गर्दै र अहिलेका युवा विद्यार्थीहरु कुलतमा फसने जस्ता समस्यालाई पनि न्यूनीकरण गर्न आफुहरुले बिदाको यो समयलाई रचनात्मक काम मा जोडेको बताएका हुन ।

निम बहादुर बुढाथोकीको अध्यक्षतामा गरिएको उक्त समापन कार्यक्रममा वडा नम्बर ६ का वडा सदस्य यमराज केसी , पत्रकार आशिष केसि लगायतको सहभागी थियो भने कार्यक्रम संचालन राजु बिकले गरेका थिए ।

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस