२०८१ चैत्र ९ गते शनिवार | 2025 March 22nd Saturday

रवि लामिछानेलाई रुपन्देहीबाट कास्की लैजाने तयारी

दाङ, ३० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देहीबाट कास्की लगिने भएको छ ।सहकारी ठगी र संगठित अपराधको कसुरमा प्रहरी हिरासतमा रहेका रबिलाई मंगलबार बयानका लागि कास्कीबाट रूपन्देही ल्याइएको थियो ।

बयान सकिए पछि शुक्रबार उनलाई कास्की फिर्ता पठाउन थालिएको हो । उनलाई जहाजमार्फत कास्की थालिएको छ । बिहानै पठाउन खोजेपनि हुस्सु लागेका कारण उडान हुन सकि रहेको छैन ।

सहकारीको रकम हिनामिनासँग सम्बन्धित ७४ वटा प्रश्न सोधिएको उनलाई सोधिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

रबिले त्यसमा इन्कारी जबाफ मात्रै दिएको अधिकारीहरुले बताएका छन् ।पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछानेका बिरुद्ध बुटवलस्थित सुप्रिम सहकारीको रकमपनि हिनामिना गरेको आरोप छ ।

सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रूपैयाँ रबिको नाममा र १४ करोड २९ लाख रूपैयाँ उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न व्यक्तिमार्फत पुगेको संसदीय छानबिन विशेष समितिको प्रतिबेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस