
दाङ, २२ मंसिर । समाजसेवी तथा युवा नेता रेमन्त बहादुर डाँगीको पहलमा त्रिवेणी ३ सल्यानकी शान्ता घर्तिको लाई अमेरिका देखी आर्थिक सहयोग आएको छ ।
केही समय अगाडि घाँस काट्ने क्रममा रुख बाट लडेर उपचारत भैरहेकी त्रिवेणी गाउँपालिका नम्बर ३ च्यालगारा निबासी शान्ता घर्तीलाई आर्थिक अवस्था कम्जोर भएको कारण डाँगीको पहलमा अमेरिका बाट आर्थिक सहयोग आएको हो ।
स्व. खिलत बहादुर डाँगीका छोरा त्रिवेणी ३ ढुङ्गी बजार निवासी हाल अमेरिकामा रहेका लक्ष्मण डॉणी बाट रु. ७३७० त्रिवेणी तीन पिङ्खोला निवासी धनबहादुर बुढाका छोरा हाल अमेरिकामा रहेका केशव बुढा बाट रु. ६७०० त्यस्तै त्रिवेणी ६ निबासी शेर बहादुर केसीका छोरा हाल अमेरिकामा रहेका घनश्याम केसीबाट रु. ६७०० त्यस्तै त्रिवेणी ३ पिङ्खोला निवासी पहल सिंह ओलीका छोरा हाल अमेरिकामा रहेका धर्मराज वली बाट रु.६७०० पिङ्खोला निवासी दलवीर बुढाका छोरा हाल अमेरिकामा रहेका अर्जुन बुढा बाट रु.७६०० र त्रिवेणी ३ पाँचबले निवासी स्व.दल बहादुर डाँगीका छोरा हाल अमेरिकामा रहेका चन्द्र डाँगी र ठाकुर डाँगीबाट रु.१०००० गरि जम्मा ४४१७० (चवालीस हजार एक सय सत्तर) उपचारत शान्ता घर्तीका छोरा कबि राज घर्ती लाई रेमन्त डाँगीले हस्तान्तरण गरेका हुन ।