२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

नेपाल पत्रकार महासङ्घ दाङ शाखामा सर्वसम्मत नेतृत्व चयन

दाङ, २६ मंसिर । नेपाल पत्रकार महासङ्घ दाङ शाखामा सर्वसम्मत नेतृत्व चयन भएको छ । नेपाल प्रेस युनियन ,प्रेस चौतारी र प्रेस सेन्टर लगायतका सञ्चार संस्थाहरूको सर्वसम्मतिमा नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार पत्रकार महासङ्घ दाङ शाखाको अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा ओपेन्द्र बस्नेत, उपाध्यक्ष ( महिला )  मा नारायणी रजौरेलाई चयन गरिएको छ । त्यस्तै सचिवमा जेएन सागर, सह-सचिवमा प्रकाश चौधरी, सहसचिव ( समावेशी )  मा वसन्त परियार, कोषाध्यक्षमा अमरराज भण्डारी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा कृष्णप्रसाद न्यौपाने, छविलाल पुरी, जंगबहादुर रेउले, टेकबहादुर पुन, नारायणप्रसाद नेपाल, रमा नेपाली, सन्तोष खनाल, सरिता चौधरी, सुमन केसी, सुरक्षा चौधरी र हेमराज नेपालीलाई चयन गरिएको हो।त्यस्तै, केन्द्रिय परिषद सदस्यमा दिप्तीशिखा चौधरी, सुलोचना गौतम, शरद अधिकारी र सुशीलकुमार बस्नेत चयन भएका छन् ।

त्यस्तै प्रदेश परिषद् सदस्यमा अमरराज आचार्य, उदय बिसी , उमा भण्डारी, कुलदिप न्यौपाने, गिरिराज नेपाली, चन्द्रप्रकाश नेपाली, दशरथ घिमिरे, निमुसंगम घर्ती, यमकला भुसाल र शिवराज पन्थी सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृत सुदीप गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस