दाङ, २८ मंसिर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको अध्यक्षमा डिल्लीराज रावत निर्वाचित भएका छन । शुक्रबार सम्पन्न निर्वाचनमा रावत नेतृत्वको पुरै प्यानल विजयी भएको हो । रावत ३५ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी तिलकराज ओलीले २५ मत ल्याएका थिए । यस्तै खुला उपाध्यक्षमा ३६ मत ल्याएर शिवलाल डाँगी निर्वाचित हुँदा प्रत्यासी सन्तोष घर्तीले २६, सचिवमा वुद्धिमान पुनले ३४ मत ल्याएर निर्वाचित भएका हुन भने उनको प्रतिस्पर्धी सञ्जिव देवकोटाले २६, सह सचिव पदमा इन्द्र बहादुर बुढाथोकीले ३९ मत ल्याएर निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धी उत्तर कुमार शाहुले २१, समावेशी सह सचिव पदमा ३२ मत ल्याएर खेमराज स्वर्णकार निर्वाचित हुँदा प्रत्यासी चुडामणी पुनले २८ मत प्राप्त गरेका थिए ।
यस्तै कोषाध्यक्ष पदमा खगेन्द्र केसीले ३७ मत ल्याएर निर्वाचित भएका हुन । उनका प्रत्यासी आशिष केसीले २३ मत ल्याएका हुन । खुला सदस्य तर्फ महेश कुमार वली ४१, नविन रावत ३५, अमृत कुमार बुढाथोकी ४९, लिला कुमारी वली ३७ मत ल्याएर निर्वाचित हुँदा अमृत प्रसाद शर्माले २२ र प्रशिद्ध डाँगीले ३२ मत प्राप्त गरेका थिए ।
यस्तै केन्द्रीय परिषद् सदस्य खुला तर्फ टिकाराम भण्डारी ३९ मत ल्याएर निर्वाचित हुँदा उनका प्रत्यासी मिन कुमार रेग्मीले १८ मत पाएका थिए ।