२०८२ माघ २ गते बिहिवार | 2026 January 15th Thursday

किशोर किशोरीहरूलाई ३ दिने क्षमता अभिवृद्धि तालिम

दाङ, १४ पुष । दाङको तुलसीपुर उपमहानगर पालिका वडा नं २ का किशोर किशोरीहरूलाई ३ दिने शारिरिक, मानसिक र सामाजिक विकासको लागी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । 

तुलसी सामाजिक विकास केन्द्र दाङ र तुलसीपुर उपमहानगर पालिका वडा नं २ को कार्यालय को संयुक्त आयोजनामा ३ दिने क्षमता अभिवृद्धि तालिम को आयोजना गरिएको हो । किशोर किशोरी संग वडाअध्यक्ष कार्यक्रम अन्तर्गत वडाका विभिन्न सामुदायिक, संस्थागत तथा निजि विद्यालयमा अध्ययनरत तथा विभिन्न क्लबहरूको नेतृत्व गरिरहेका किशोर किशोरी तालिममा सहभागी थिए  । 

तुलसीपुर उपमहानगरपालिका वडा नं २ का वडाअध्यक्ष भिम बहादुर योगी को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि योगीले अबको समाजलाई आधुनिक र सभ्य बनाउन बालबालिकामा लगानी गर्नु र उनीहरूलाई उचित आधुनिक शिक्षा प्रदान गर्नु महत्वपूर्ण बिषय रहेको बताउदै यस्ता तालिम आयोजना गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता नेतृत्व तथा क्षमता अभिवृद्धि तालिम हरू सन्चालन गर्ने बताएका हुन ।

तालिम समापन कार्यक्रममा स्वागत मन्तव्य प्रशिक्षार्थी सुवोध शर्माले राखेका थिए । तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष ओद भहादुर भण्डारी ( गणेश ) को अध्यक्षतामा सम्पन्न कार्यक्रम को सहजीकरण प्रशिक्षार्थी दिपासा गिरीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस