२०८३ असोज १ गते बिहिवार | 2026 September 17th Thursday

महोत्सव लगाउन २५ लाख बुझाउनु पर्ने

दाङ, १९ पुष । दाङको तुलसीपुरमा महोत्सव लगाउन तुलसीपुर उपमहानगरपालिकालाई २५ लाख रुपैयाँ बुझाउनुपर्ने भएको छ । शुक्रबार बसेको तुलसीपुर उपमहानगरपालिकाको २८ औं कार्यपालिका बैठकले तुलसीपुरमा मेला लगाउनका लागी २५ लाख रुपैयाँ राजश्व बुझाउनुपर्ने निर्णय गरेको हो । 

नगर प्रमुखको अध्यक्षतामा बसेको २८ औं कार्यपालिका बैठकले १६ औं नगरसभाको हिउँदे अधिवेशन माग २१ गतेदेखि सुरु गर्ने लगायतका निर्णयसमेत गरेको छ । यस्तै कार्यपालिका बैठकले तुलसीपुर चेम्बर अफ कमर्सलाई मेला लगाउन अनुमति प्रदान गरेको यता तुलसीपुर उद्योग वाणिज्य सङ्घले तुलसीपुर महोत्सव २०८१ सञ्चालन गरेको खण्डमा यस क्षेत्रमा अति आवश्यक रहेको अत्याधुनिक दमकल खरिदका लागि तुलसीपुर उपमहानगरलाई २५ लाख रुपैयाँ हस्तान्तरण गर्ने निर्णय गरेको महासचिव केशवराज केसीले बताए । 

त्यसका लागि उपमहानगरपालिकामा प्रतिबद्धता पत्र समेत पेश गरिएको जनाइएको छ । त्यसै गरि सामाजिक उत्तरदायित्व अन्तर्गत यसै वर्ष नि :शुल्क रुपमा तुलसीपुरका १९ वटै वडामा  शववहान सञ्चालन गर्ने निर्णय भएको महासचिव केसीले बताए ।

प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस