दाङ, २३ पुष । दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ स्थित बागरमा महोत्सव सञ्चालन हुने भएको छ । फ्रेन्डस स्केट जोन प्रा.लि. नारायणपुरको आयोजना तथा मितेरी युवा क्लब तुलसीपुरको सह–आयोजनामा दंगीशरण–६ को बागर खोलास्थित हाटहजार लाग्ने स्थानमा यही पौष २८ गतेदेखी माघ ८ गतेसम्म प्रथम दंगीशरण कृषि, पर्यटन, व्यापारिक तथा साँस्कृतिक महोत्सव–२०८१ लगाउने तयारी भइरहेको संयोजक अजय बुढाथोकीले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका हुन ।
स्थानियस्तरका कृषी सामाग्री प्रदद्र्धन गरी कृषकलाई प्रोत्साहन गर्ने, दंगीशरण भित्रका एतिहासिक, पर्यटकियस्थलहरुको व्यापक प्रचारप्रसार गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको उनले बताएका हुन । महोत्सवमा स्थानियसँगै राष्ट्रीयस्तरका ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । महोत्सवको संरक्षकमा दंगीशरण गाउँपालिका रहेको छ । दर्शकलाई महोत्सव स्थलमा प्रवेशका लागी सुल्क १०० रुपैयाँ राखिएको छ ।