२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

दंगीशरणमा आज देखि महोत्सव सुरु 

दाङ, २८ पुष । प्रथम दंगीसरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को आइतबार दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले उद्घाटन गरेका छ्न । पौष २८ देखि माघ ८ गतेसम्म दंगीशरण ६ को बागर ठन्डि बजारमा चल्ने ब्यापारीक महोत्सबको गाउँपालिका अध्यक्ष शम्भु गिरीले पानसमा दियो बालि महोत्सवको उद्घाटन गरेका हुन । दंगीशरण गाउँपालिकाका पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि फ्रेन्ड्स स्केट जोन प्रा.लिले महोत्सवको आयोना गरेकोछ ।

महोत्सवको उद्घाटनगर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले पहिलो पटक दंगीशरणको ठन्डि बजारमा संचालन भएको कृषी पर्यटन तथा  ब्यापारीक महोत्सव सफल पार्दिन सबैमा आग्रह गरे । गाउँपालिकाका कृषि पर्यटन तथा ऐतिहासिक ठाउँहरुको प्रचारप्रसारले पनि गाउँपालिकाको समग्र बिकाशमा टेवा पुर्याउने अध्यक्षले बताए ।

यस्तै महोत्सव उद्घाटन समारोहका बिशिस्ट अथिती गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले पहिलो पटक आफ्नो गाउँठाउँमा लाग्न लागेको महोत्सवले समग्र दंगीशरणको कृषि र पर्यटनमा सहयोग पुग्ने बताइन 

१० दिनसम्म चल्ने महोत्सवमा चर्खे पिङ, बाल उधान, डुङ्गा ,स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति  स्थानीय तथा अन्य ठाउँमा उत्पादित बस्तुहरु सहितको स्टलहरु  रहनेछ्न । मेलामा प्रबेश सुल्क १०० एक सय रुपैयाँ लाग्ने आयोजकले बताएकोछ । सोमबार भोलि चर्चित गाएक कृष क्षेत्री,आर जे रासकोटि,लगायतका थुप्रै कलाकारको उपस्थिति रहने मुलआयोजक समितिले बताएको छ । स्थानीय स्तरमा संचालन हुन लागेको प्रथम महोत्सव सफलपार्न सवैजनाले आ आफ्नो ठाउँबाट सहयोग पुर्याइदिन महोत्सव मुल अयोजक समितीले सवैमा आग्रह गरेकोछ ।

महोत्सव उद्घाटन महोत्सव मुल आयोजक समितीका सयोजक अजय बुढाथोकिको अध्यक्षता,दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा महोत्सवको उद्घाटन गरीएकोहो।उद्घाटन समारोहम बिभिन्न झाकि र्यालि तथा थारु नृत्य सहित बिधालयका बिद्यार्थीहरुको उत्कृष्ट प्रस्तुति सङ्गै बिभिन्न नृत्याङ्गनाहरुको नृत्यसमेत प्रस्तुत गरीएकोथियो ।मितेरी युवा कलबका कार्यबाहक अध्यक्ष धनराज रोकाको स्वागत मन्तव्य बाट शुरुभएको कार्यक्रमको सहजीकरण संचारकर्मि एच.आर. मगरले गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस