दाङ, १४ माघ । राप्ती बबई क्याम्पसले आइतबार बिहान कलेजमा आयोजना गरेको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् । अस्पतालहरूमा बिरामीका लागि रगतको अभाव भएको सूचना पछि त्यो अभाव परिपूर्ति गर्ने उद्देश्यले क्याम्पस प्रशासनले रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको रक्तदानमा क्याम्पसका शिक्षक यमनाथ पौडेल र विद्यार्थी तुलसीराम भण्डारी, जुनु जिसी, सुरक्षा चौधरीसहित २६ जना विद्यार्थीले रक्तदान गरेको कलेजमा मास्टर्स अध्ययनरत एक विद्यार्थी लेखमणि खत्री ( लक्ष्मण ) ले बताए । रक्तदानका लागि भूमिका निर्वाह गरेका खत्रीले भविष्यमा पनि कलेजका तर्फबाट यस्ता सेवामूलक र रचनात्मक कार्य जारी राख्ने जानकारी दिए ।
प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार