२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

प्रेस सेन्टर नेपालकाे स्थापना दिवसःराप्ती शाखाद्वारा भालुबाङमा दीप प्रज्वलन

दाङ, १५ माघ । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा दाङको भालुबाङमा दीप प्रज्वलन गरिएको छ ।

प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिका शाखाले स्थापना दिवसको अवसरमा पुलचाेक भालुबाङमा मैनवक्ती बालेर दीप प्रज्वलन गरेको हो । 

प्रेस सेन्टर राप्ती शाखाका अध्यक्ष तुल बहादुर कवँर मगरको अध्यक्षता एवं नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य टाेप बहादुर कार्कीकाे प्रमुख आतिथ्यता तथा गाउँ कमिटी उपाध्यक्ष तुला गिरीको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा शहिद कृष्णसेन इच्छुकको शालिकमा माल्यार्पण तथा दीप प्रज्वलन गरेर सुरु गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य टाेप बहादुर कार्कीले ठूलो योगदान र बलिदानीले स्थापना भएको प्रेस सेन्टरको इतिहास निकै गौरवपूर्ण रहेको बताएका हुन ।

उनले विगतमा गरेको बलिदानी स्वरुप मुुलुकमा प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति लगायतका थुप्रै उपलब्धी प्राप्त भएको बताएका हुन ।

त्यस्तै उनले जनपक्षीय र जनवर्गिय ढंगले पत्रकारिता गर्न आग्रह गरेका छन ।

प्रेस सेन्टर नेपाल राप्ती शाखाका पदाधिकारी तथा नेकपा माओवादी केन्द्रका विभिन्न पदाधिकारी,विद्यार्थी संगठनका प्रतिनिधिहरुकाे उपस्थिति रहेको उक्त कार्यक्रमको सहजीकरण संगठनकी सचिव इराधा झाक्री मगरले गरेका थिए ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस