काठमाडौ, २२ भदौ । दक्षिण कोरियाको Mokpo Cricket Club द्वारा आयोजना गरिएको तेस्रो MCC Cup विजेता Sudurpaschim Royals ले बाढी पीडित हरुका लागी दश लाख कोरियन वन (₩10,00,000) सहयोग गरेको छ ।
१२ वटा टिम सहभागिता रहेको प्रतियोगितामा नेपालबाट कोरियामा रहेका खेलाडीहरू सम्मिलित Sudurpaschim Royals ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि संगै हात पारेको नगत बाट दश लाख कोरियन वन (₩10,00,000) सहयोग गरेको हो ।
खेल्कुद क्षेत्र मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि खेलाडी हरुको योगदान रहनु पर्ने भएको भन्दै Sudurpaschim Royals का कप्तान सुभाष बिष्टज्यूले आफू हरुले प्राप्त गरेको पुरस्कार तीस लाख कोरियन वन (₩30,00,000) मध्य दश लाख कोरियन वन (₩10,00,000) बाढीपीडित हरूको सहयोगका लागि प्रदान गरेको बताएका हुन् ।
यस्तै उनले थप जित केवल एउटा क्रिकेट प्रतियोगिताको मात्र नभई मानवता, एकता र सामाजिक जिम्मेवारीको पनि सुन्दर उदाहरण रहेको भन्दै Sudurpaschim Royals खेलसँगै समाजप्रति जिम्मेवारी रहेको समेत बताएका छन् ।
