२०८३ असोज ८ गते बिहिवार | 2026 September 24th Thursday

आज बेलुका ५ बजेदेखी ५ सडकखण्ड बन्द हने

दाङ, ,८ असोज । भारी देखि अति भारी वर्षाको सम्भावनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका पाँच प्रमुख सडकखण्डमा आज बेलुका ५ बजेदेखी सवारी आवागमन बन्द गर्ने जानकारी दिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभागको सूचनाका आधारमा आज विहीवार ८ गतेदेखि ११ गतेसम्म बर्षाको जोखिमलाई ध्यानमा राख्दै प्रत्येक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सडक बन्द गरिने प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जारी गरेको सुचनामा उल्लेख छ ।

बन्द हुने सडकखण्डमा राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोट, भालुवाङदेखि चकचकेसम्मको सडकखण्ड -भालुवाङ गनाहा खोला), शहीद मार्ग अन्तर्गत घोराही–होलेरी, घोराही मुर्कुटी र तुलसीपुर सुर्खेत सडकखण्ड अन्तर्गत तुलसीपुरदेखि कालिमाटीसम्म रहेका छन् । कार्यालयले सम्भावित वर्षाका कारण हुन सक्ने जोखिम न्यूनीकरणका लागि उक्त निर्णय गरिएको जारी सुचनामा भनिएको छ । प्रशासनले सम्बन्धित सबैलाई सूचना पालना गर्न आग्रह गरेको छ । आकस्मिक अवस्थाका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रसँग सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस