२०८३ असोज १५ गते बिहिवार | 2026 October 1st Thursday

सल्यानबाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा कर्णबहादुर भण्डारी ‘कल्याण’ विजयी

दाङ, १५ असोज । नेपाली कांग्रेस सल्यानको अधिवेशन अन्तर्गत आसन्न १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा कर्णबहादुर भण्डारी ‘कल्याण’ ७७३ मत प्राप्त गर्दै विजयी भएका छन् ।

अधिवेशनमा भएको निर्वाचनमा ७७३ मत प्राप्त गर्दै भण्डारी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । पार्टीको आसन्न १५औँ महाधिवेशनका लागि सल्यानबाट प्रतिनिधित्व गर्ने क्रममा उनले उल्लेख्य मत प्राप्त गरेका छन् ।

निर्वाचित भएसँगै भण्डारीलाई नेपाली कांग्रेसका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । नयाँ जिम्मेवारी सँगै पार्टी संगठनलाई थप सुदृढ बनाउन तथा कार्यकर्ताको भावना र अपेक्षालाई प्रतिनिधित्व गर्नु पर्ने जिम्मेवारी समेत उनको काँधमा आएको छ ।

भण्डारीको विजयी सँगै समर्थक तथा शुभेच्छुकहरूमा उत्साह देखिएको छ । आगामी महाधिवेशनमा उनले सल्यानको प्रतिनिधिका रूपमा सहभागिता जनाउने छन् ।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस