दाङ, १७ असोज । नेपाली कांग्रेसको अधिवेशनअन्तर्गत भएको निर्वाचनमा मोहन सुनार अत्यधिक मत प्राप्त गर्दै महासमिति सदस्य पदमा निर्वाचित भएका छन् ।
क्षेत्रीय प्रतिनिधिहरूबाट प्राप्त उल्लेखनीय समर्थनसँगै सुनारले उत्साहजनक मत हासिल गर्दै महासमिति सदस्यको जिम्मेवारी प्राप्त गरेका हुन् ।
निर्वाचन परिणामपछि सुनारले आफूलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण प्रतिनिधि, नेता, अग्रज तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पार्टी संगठनलाई थप सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन् ।
प्रकाशित मिति : २०८३ असोज १७ गते शनिवार

