दाङ, १७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मुगुको सोरु गाउँपालिका ३ मा १९ वर्षीय पवन कार्की वडा सभापतिमा चयन भएका छन् । शनिबार सम्पन्न वडा अधिवेशनले कार्कीलाई सर्वसम्मत रूपमा वडा नेतृत्वको जिम्मेवारी दिएको हो । कार्कीको नेतृत्वमा २० सदस्यीय वडा कार्यसमिति समेत गठन गरिएको छ । कांग्रेस महासमिति सदस्य धर्मराज शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले युवा पुस्तालाई नेतृत्वमा अघि बढाउने सन्देश दिएको छ । अधिवेशनपछि नेता शाहीले पार्टीको संरचनामा युवालाई अवसर दिने नीतिअनुसार १९ वर्षीय कार्कीलाई वडा सभापतिको जिम्मेवारी दिइएको बताए ।
प्रकाशित मिति : २०८३ असोज १७ गते शनिवार

