२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

तुलसीपुर सरसफाइमा अग्रसर बन्दै तुलसीपुरका सामाजिक संघसंस्थाहरु

दाङ,१२ साउन । पछिल्लो समय दाङको तुलसीपुर बजार सुन्दर बनाउन तुलसीपुरका धेरै सामाजिक संघसंस्थाहरु अग्रसर बनिरहेका छन । हरेक शनिबार तुलसीपुर बजार सरसफाइमा विभिन्न संघसंस्थाहरु देखिन्छन । आज साउन १२ गते शनिबार पनि तुलसी सामाजिक विकास केन्द्र र लियो क्लबको आयोजना साथै म सफा गर्छु मेरो देश अभियान र योगदान राष्ट्रको लागी अभियान को सहकार्यमा सरसफाइ कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ दाङका अध्यक्ष गोरख ओलीको प्रमुख आतिथ्यतामा तुलसीपुर उपमहानगरपालिकाको गेट अगाडिबाट सुरु गरि ज्योति विकास बैकं रहेको चोक, ज्ञानज्योति रोड सरसफाइ गर्दै बिरेन्द्र चोकसम्म सरसफाइ गर्दै बि.पी चोकसम्म सरसफाइ गरिएको थियो । 

तुलसीपुरमा निरन्तर सरसफाइ अभियान नै चलाएको म सफा गर्छु मेरो देश अभियान आज १५९ औँ हप्तामा पुगेको छ । आजको सरसफाइ कार्यक्रमको सहजिकरण तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष एवं लियो क्लबको सचिव गणेश भण्डारी ले गरेका थिए ।

प्रकाशित मिति : २०८१ साउन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस