२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

लायन्स क्लव अफ दाङ क्यापिटलद्वारा स्वागत तथा सम्मान

दाङ, १४ पुष । लायन्स क्लव अफ दाङ क्यापिटलले विभिन्न क्षेत्रमा निर्वाचित तथा नेतृत्व प्राप्त गरेका व्यक्तिहरुलाई स्वागत तथा सम्मान गरेको छ । दाङ क्यापिटलले आइतबार एक कार्यक्रमकाबीच ग्रिल, स्टील र आल्मुनियम व्यवसायी संघ दाङको अध्यक्ष दिपक केसी, कोषाध्यक्ष लालमणि ढकाल, जापानमा भएको रेज तेक्वान्दो प्रतियोगिताबाट गोल्ड मेडल प्राप्त गर्ने मोहन स्वर्णकार र प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाको अध्यक्ष टेकराज भण्डारी र सचिव रिता केसीलाई स्वागत तथा सम्मान गरेको हो ।  

दाङ क्यापिटलका अध्यक्ष प्रेमप्रकाश वलीको अध्यक्षता तथा दाङ क्यापिटलका संस्थापक अध्यक्ष हिमाल डाँगीको प्रमुख आतिथ्य र चर्चित लोकदोहोरी गायक कृष्ण रेउलेको आतिथ्यमा कार्यक्रम भएको थियो । 

उक्त अवसरमा प्रमुख अतिथि डाँगीले विभिन्न क्षेत्रमा नेतृत्व हाँसिल गर्नुभएका नेतृत्वकर्ताहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच राख्ने व्यवसायीहरुको अधिकारको लागि अघि बढ्न आग्रह गरेका थिए । साथै देशलाई चिनाउने खेल क्षेत्रमा खेलाडी सक्षम हुँदा पनि आफ्नो क्षमता देखाउन नपाउने अवस्था देखिएको बताए । 

त्यस्तै खेलकुदप्रेमी मोहन स्वर्णकारले जापानको ओसाकामा भएको रेज तेक्वान्दो प्रतियोगितामा नेपालबाट आफूले प्रथम स्थान हाँसिल गर्दै गोल्ड मेडल प्राप्त गर्दा गर्व महसुस गरेको अनुभव सुनाएका थिए । पछिल्लो समयमा सरकारले खेलाडीहरुलाई संरक्षण गर्न नसक्दा क्षमतावान भएका खेलाडीहरु देश छोड्न बाध्य भएको उनले बताए ।   

त्यसैगरी ग्रिल, स्टिल र आल्मुनियम व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष दिपक केसीले साथीभाइहरुको साथ र सहयोगले नै आफूलाई प्रेरणाले सफलता प्राप्त गरेको बताएका थिए । व्यवसायीहरुको अधिकार रक्षाका लागि आफू निरन्तर लागिरहेको उनले बताए । 

त्यस्तै चर्चित लोकदोहोरी गायक कृष्ण रेउलेले निर्वाचित व्यक्तिहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै व्यवसायीहरुको हकहित र अधिकारको लागि सबै व्यवसायी एक ठाउँमा उभिन जरुरी रहेको बताए । साथै दाङमै फलामको कारखाना समेत सञ्चालनका लागि पहल गर्न अनुरोध गरे ।

क्लवका कोषाध्यक्ष दिपकराज खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन क्लवका सचिव प्रकाश भुसालले गरेका थिए ।  

प्रकाशित मिति : २०८१ पुष १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस